गोदावरी-४ फुलबस्तीमा परजिवी नियन्त्रण तथा बन्ध्याकरण शिबिर कार्यक्रम आयोजना, सयौं घरपालुवा जनावरलाई औषधि उपचार

अत्तरिया– कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ फुलबस्ती क्षेत्रमा परजिवी नियन्त्रण तथा बन्ध्याकरण शिबिरको आयोजना गरिएको छ । गोदावरी नगरपालीकाको पशु सेवा शाखाले किसानहरुका घरपालुवा जीव जनावरहरुको संरक्षण र रोगबाट जोगाउन कार्यक्रमको आयोजना गरेको हो ।
नगरपालिका द्बारा आयोजित कार्यक्रममा १३ महिला र ४२ पुरुष गरी ५५ जनाले सेवा लिएको जानकारी पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।

आजकै कार्यक्रममा नगरपालिको पशु सेवा शाखाले ४२ ओटा कुकुरहरुलाई रोबिज बिरुद्धको खोप लगाउन लागेको हो ।खोप कार्यक्रम गोदावरी नगरपालिका – ४ को फुलबस्तीको गाउँबस्तीको परिसरमा संचालन गरिएको पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।

यसै बिच किसानहरुलाई घर पालुवा जनवरहरुलाई नोक्सानीहुन बाट जोगाउन परजिवी बिरुद्धको औषिधि वितरण तथा उपचार सेवा पनि दिएको छ । यसै बिच गाई/गोरु २६८ , भैसी/राँगा-४५, बाख्रा- ३१५८, कुकुर- ८३, बिरालो-३४, कुखुरा- ३८ र खरायो-३७ जनावरलाई औषधि बितरण गरिएको छ।

यसै बिच किसानका ७ ओटा बोकाहरुलाई बन्ध्याकरण गरेको समेत पशु विकास शाखाका पशु सेवा प्राबिधिक टेक बहादुर शाहुले बताए ।
नेपालमा रेबिज रोग सार्ने मुख्य बाहक कुकुर हुन् । चिकित्सकका अनुसार रेबिजबिरुद्धको खोप नपाएका कुकुर तथा रेबिज लागेका कुकुरले मानिसकलाई टोकेमा रेबिज रोग लाग्छ ।

रेबिज लागेको कुकुरको शरीरमा लाइसा भाइरस हुन्छ । यो भाइरस कुकुरले मानिसलाई टोकेमा मानिसको शरीरमा प्रवेश गर्छ र प्रवेश गरेको एक महिनादेखि एक वर्षभित्र शरिरमा फैलिएर रेबिजका लक्षणहरु देखिन थाल्छन् ।

रेबिज लागेका मानिसहरुमा अँध्यारोमा बस्न रुचाउने, पानीदेखि डराउने, श्वास–प्रश्वासमा समस्या हुने र अस्वभाविक गतिबिधी गर्ने जस्ता लक्षण देखिन्छन् । यो रोग लागेको मानिसको उपचारपछि पनि निको हँदैन तर कुकुरले टोक्ने बित्तिकै रेबिज बिरुद्धको खोप लगाएमा भने रेबिज लाग्दैन ।

Loading...