धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएपछि…

काठमाडौँ- धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएपछि विमानस्थलमा विरोध भएको छ। आइतबार साँझ साढे ५ बजे उडान तालिका रहेको जहाज करिब ८ बजे त्रिभुवन विमानस्थलबाट उडान गरे पनि अवतरण गर्न नसकी काठमाडौं फर्किएको हो।

Bhancha ghar0

आइतबार उडान हुनुपर्ने जहाज बुधबार ११ः३० सम्म उडान नगरेको भन्दै विमानस्थलमा यात्रु विरोधमा उत्रिएका छन्। एयरलाइन्सले २ दिनदेखि उडान गर्न नसकेको बताउँदै क्षतिपूर्ति माग गरेका छन्। श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले मौसम खराबीको कारण उडान गर्न नसकिएको बताएका छन्।

उनले सुरक्षाको कारण आइतबार राति काठमाडौंबाट उडान गरे पनि अवतरण गर्न नसकेको बताए। ‘यात्रुको सुरक्षाकै लागि काठमाडौंबाट उडान गरे पनि फिर्ता आउनुपरेको हो’, मानन्धरले भने, ‘आज मौसम राम्रो नहुँदा उडान हुन नसकेको हो।’

 

Leave A Reply

Your email address will not be published.