सेना दिवसमा भारतीय सेनाका १२ जना पूर्वप्रमुख आउने

Bhancha ghar0

काठमाडौं- नेपाली सेना दिवसमा सहभागी हुन भारतका १२ जना पूर्व प्रमुख आउने भएका छन् । नेपाली सेनाले सेनाको २६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाबाट मानार्थ महारथीको दज्र्यानी दिएका पूर्व १२ जना सेना प्रमुखहरूलाई बोलाएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । ‘सेनाको २६० सेना दिवसको उपलक्ष्यमा उहाँहरूलाई बोलाएका छौं,’ प्रवक्ता सहायक रथी भण्डारीले भने ।

उनका अनुसार भारतीय सेनाका पूर्वप्रमुखहरू विश्वनाथ शर्मा, संकर रोय चौधरी, बेदप्रकाश मलिक, सुन्दरराजन पद्मानभम्, निर्मल चन्दर बीज, जोगीन्दर जसवान्त सिँह, दीपक कपूर, डा. विजय कुमार सिँह, विक्रम सिँह, दलवीर सिंह, मनोज मुकुन्द नरवाणे र मनोज पाण्डे आउने भएका हुन् । नेपाली सेना आगामी फागुन ६ गते सेना दिवस मनाउन लागेको छ ।

 

Leave A Reply

Your email address will not be published.