नक्कली रक्सी उत्पादन गर्ने ३ जना पक्राउ

काठमाडौं– नक्कली मदिरा कारखाना सञ्चालन गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेका तीनै जना कारोबारीलाई सार्वजनिक गरेको हो।

Bhancha ghar0

ललितपुरको महालक्ष्मीमा उनीहरुले नक्कली मदिरा कारखाना नै सञ्चालन गरेको पाइएको छ। उनीहरुले खुकुरी रम, रुस्लान भोड्कादेखि ब्ल्याक लेभलसम्म नक्कली बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

सो नक्क्ली मदिरा बिक्रीका लागि बजारमा पठाउने गरिएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शनिबार उनीहरुको कारखानामा छापा हानेरै उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा दोलखा कालिञ्चोक गाउँपालिका–३ का २७ वर्षीय निरज जोशी, स्याङ्जा गल्याङ नगरपालिका–९ का २६ वर्षीया धर्मी गौडेल र सिन्धुली तिनपाटन गाउँपालिका–२ का २६ वर्षीय गणेशबहादुर रानामगर रहेका छन्।

Leave A Reply

Your email address will not be published.