काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ।

तराईका थोरै भू-भागहरूमा भने हुस्सुरकुहिरो लागेको छ। शनिबार दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि सोही मौसमी प्रणाली रहने विभागले जनाएको छ।
तराईका थोरै भू-भागहरूमा हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु विभागले अनुरोध गरेको छ।
