Satyawati
Division ban Pahalmanpur

तराईका जिल्लाको मौसम सफा हुँदै, हुस्सु कुहिरो हटेर घाम लाग्ने सम्भावना

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाण्डौ- तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो ।

Malpot office dadeldhura

आजदेखि भने मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसो घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । यस्तै आज काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम पनि सफा रहने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । आज दिउँसो पारिलो घाम लाग्ने सम्भावना छ ।

मौसम सफा हुन थालेसँगै न्यूनतम तापक्रम भने घट्न थालेको छ । बिहान पौने ६ बजेको काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो २ दशमलव ५ डिग्री सेल्सियस थियो।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...